वीरेन्द्रनगर नगरपालिकाले तरकारी एम्बुलेन्स सञ्चालन गर्ने
फाइल तस्वीर

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले तरकारी एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।
नगरले कृषकहरूका उत्पादनलाई सहज रुपमा खरिद तथा विक्रि वितरण गर्ने व्यवस्था मिलाउन तरकारी एम्बुलेन्सको सञ्चालन गर्ने भएको हो ।

वीरेन्द्रनगरको ११ औँ नगरसभामा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै नगरका उपप्रमुख निलकण्ठ खनालले भने, ‘कृषकहरुले उत्पादन गरेका कृषि उपज सहज रुपमा खरिद विक्रिका लागि तथा कृषि तथा पशुपालनमा देखिएको विचौलियाको अन्त गर्नका लागी उपयुक्त स्थानहरुमा पशु तथा तरकारी हाट वजार  र  कृषि सङ्कलन केन्द्र स्थापना गरिने छ यसका लागि आवश्यकताका आधारमा तरकारी एम्बुलेन्सको व्यवस्था गरिनेछ ।’

यसका साथै आगामी आर्थिक वर्षका लागि वीरेन्द्रनगर नगरपालिकाले एक अर्ब ९४ करोड ११ लाख १२ हजार पाँच सय रुपैयाँको बजेट ल्याएको छ । 

पुँजीगततर्फ ५३ करोड ५५ लाख ३६ हजार पाँच सय, चालुतर्फ एक अर्ब ३७ करोड ३५ लाख ७६ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड २० लाख रुपैयाँको बजेट ल्याएको हो । यो चालु आर्थिक वर्षको भन्दा ३७ करोड ५८ लाख ४९ हजार ९ सय रुपैयाँले बढी बजेट हो ।





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १७:३७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया