logo-img

प्रधानमन्त्री देउवाबाट जापानका पूर्व प्राधनमन्त्री अबेको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्व प्रधानमन्त्री शिन्जो अबेकोको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् । 

‘पूर्वप्रधानमन्त्री शिन्जो अवेको निधनको खबर सुनेर गहिरो दुःख लागेको छ । मेरो हार्दिक श्रद्धाञ्जली,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘उहाँ विश्वको चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनुहुन्थ्यो । यस दुःखद घडीमा हाम्रो साथ जापानका जनता र शोक सन्तप्त परिवारका सदस्यहरुसँग छ ।’ 

जापनका पूर्व प्रधानमन्त्री अवेको आज निधन भएको हो । शुक्रबार बिहान जापानको नारामा एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो । 

गोली लागि गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारा मेडिकल युनिभर्सिटीमामा लगिएको थियो । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको निधन भएको घोषणा अस्पतालले गरेको हो ।  

अत्यधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । 





  • प्रकाशित मिति : असार २४, २०७९ शुक्रबार १७:१५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया