प्रधानमन्त्रीसँग चिनियाँ नेताको आग्रह : नेपालमा चीनविरोधी कुनै पनि घटना नहोस्

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार दिउँसो कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग छुट्टाछुट्टै भेट गरे । 

लिउले आफ्नो भ्रमण नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न र सम्बन्ध बढाउनको लागि पनि भएको बताएका थिए । प्रधानमन्त्री देउवालाई  बालुवाटारमा र परराष्ट्रमन्त्री खड्कालाई सिंहदरबारमा भेटेका उनले नेपालमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको प्रस्ट पारे । 

जवाफमा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्काले ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालमा कुनै पनि चीन विरोध गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले नेपालमा रहेको दलाई लामाको कार्यालय आफूले नै बन्द गराएको दाबी गरेका थिए । लिउले त्यसको लागि देउवालाई विशेष धन्यवाद दिए । 





  • प्रकाशित मिति : असार २६, २०७९ आइतबार १८:५२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया