logo-img

गठबन्धनको विकल्पबारे कुरा उठेको छः बद्री पाण्डे

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीको केन्द्रीय समितिको बैठकमा गठबन्धनको विकल्पमा पनि ध्यान केन्द्रित गर्नुपर्ने कुरा उठेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दे उनले यस्तो बताएका हुन् । 

केन्द्रीय सदस्यहरुले गठबन्धनलाई सकेसम्म अघि बढाउनुपर्ने र भएन भने यसको विकल्पका रुपमा प्लान ‘बी’मा पनि प्रवेश गर्नुपर्ने माग राखेको उनले बताए । सहमहामन्त्री पाण्डेले पार्टीको बारेमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ पदाधिकारीले दिने र सबैको जवाफ दिन नसके सभापति शेरबहादुर देउवाले नै जवाफ दिने बताए । आगामी दिनमा कांग्रेसले समात्ने बाटोको बारेमा पनि केन्द्रीय सदस्यहरुले कुरा राखेको उनले बताए । 

सहमहामन्त्री पाण्डेले पार्टी कामकाजी बन्न नसकेकोले सबै पदाधिकारीले जिममेवार भएर आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । 







  • प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार १८:४०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया