महिला साफ च्याम्पियनसिपमा च्यासललाई अभ्यास मैदानको रूपमा प्रयोग गरिने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगमी भदौमा हुने साफ महिला च्याम्पियनसिपका लागि च्यासल रंगशालाई अभ्यास मैदानको रुपमा संचालनमा ल्याउने भएको छ ।  एन्फाले आइतबार च्यासल र भद्रकालीस्थित आर्मीको मैदानलाई अभ्यासस्थलको रूपमा प्रयोग गरिने जनाएको हो । 

यसअघि एन्फाले गत सिजनबाटै सहिद स्मारक ‘ए’ डिभिजनका लागि च्यासल रंगशालालाई प्रयोगमा ल्याउने बताएको थियो । तर चेन्जिङ रुम र गोलपोस्ट राख्ने लगायतका कामहरु बाँकी रहेकाले लिगका खेलहरु त्यहाँ खेलाउन सकेको थिएन । 

२०७२ सालको भुकम्पपछि राष्ट्रिय खेलुकद परिषद् (राखेप)ले च्यासल खेल मैदानको पुननिर्माणको कार्य अघि बढाएको थियो । च्यासल युथ क्लबले सो मैदानमा प्रशिक्षण गर्दै आएको छ । च्यासल गत सिजन ‘ए’ डिभिजनबाट ‘बी’ डिभिजनमा घटुवा भएको थियो ।

एन्फाले महिला साफ च्याम्पियनसिपबाट पुननिर्माण गरिएको च्यासल रंगशालालई संचालनमा ल्याउन लागेको हो । एन्फाले प्रतियोगिताका दौरान दोस्रो अभ्यास मैदानको रुपमा भद्रकालीस्थित आर्मीको मैदानलाई पनि प्रयोग गर्नेभएको छ । 

प्रतियोगिताको छैटौ संस्करण २१ भदौ देखी ३ असोजसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिताको पाँचौ संस्करण पनि सन् २०१९ मा विराटनगरमा आयोजना भएको थियो । फाइनललमा आयोजक नेपालले भारतलाई नतिजा सुम्पिएको थियो ।

नेपालले पाँच मध्ये चार संस्करणको फाइनलमा स्थान बनाए पनि चारै पटक भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको छ । भारतले पाँचवटै संस्करणको उपाधि जितेको छ । बंगलादेश चौथो संस्करणको उपविजेता हो ।



दक्षिण एसियाली फुटबल महासंघ(साफ)ले शनिबार गरेको समूह विभाजनमा नेपाल भुटान र श्रीलंकासँगै समूह ‘बी’मा परेको छ । समूह ‘ए’ मा साविक विजेता भारत, बंगलादेश,माल्दिभ्स र पाकिस्तान छन् । 



  • प्रकाशित मिति : साउन १५, २०७९ आइतबार १३:५७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया