मडागास्करमा आगो लगाएर ३२ सर्वसाधारणको हत्या, गिरोह खोजी गर्न सेनाको हेलिकोप्टर तैनाथ

घरमा आगो लगाएर कम्तिमा ३२ जना सर्वसाधारणको हत्या गर्ने आपराधिक गिरोहको खोजी गर्न मडागास्करमा सेनाको हेलिकोप्टर तैनाथ गरिएको छ । प्रहरीका अनुसार मानिसहरूलाई जबरजस्ती खरले बनाएको तीनवटा घरभित्र बस्न बाध्य पारेर आगो लगाइएको थियो ।

राजधानी अन्टानानारिभोको उत्तरमा रहेको अन्काजोबे जिल्लामा शुक्रबार भएको हमलामा महिला र बालबालिका पनि परेका थिए । रक्षामन्त्रीले आगलागीको दोष स्थानीय रूपमा ‘दहलो’ भनेर चिनिने गाईवस्तु तस्करीलाई दिएका छन् । 

गाईवस्तु चोरी र यसलाई रोक्नको लागि भएका प्रयासले पछिल्ला वर्षहरूमा अत्यन्त हिंसक टकरावहरू निम्त्याएको छ । अन्काजोबे जिल्लाको एउटा सानो पहाडमा अवस्थित एम्बोलोताराकेली गाउँमा घर जलेपछिको पर्खाल मात्र देख्न सकिन्छ ।
 





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार ६:४४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया