logo-img

धरानका मेयर साम्पाङविरुद्ध नाराबाजी, कार्यालय तोडफोड

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्ध नाराबाजीका कार्यालय तोडफोड भएको छ । बराह बचत तथा ऋण सहकारी संस्थाबाट पीडित सेयर सदस्य तथा वचतकर्ताले मेयर साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै तोडफोड गरेका हुन् ।

छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले मलाई सोधेर पैसा राख्न दिएको हो भन्ने अभिव्यक्ति दिएको भन्दै पीडितहरूले उनीविरुद्ध नाराबाजी गरेका हुन् । 

वार्तामा बसेका पीडितको प्रतिनिधिले मेयर साम्पाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्ने जानकारी दिएलगत्तै आक्रोशित पीडितको समूह उनको कार्यकक्षतर्फ गएका थिए । त्यसक्रममा पीडित र प्रहरीबीच ठेलमठेल भएर स्थिति तनावग्रस्त भएको थियो । 



पीडितहरूले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साम्पाङले सम्बोधन गर्दै माफी माग्नुपर्ने र शब्द फिर्ता लिनुपर्ने अडान राखेका थिए । तर, मेयर साम्पाङले सम्बोधन गरेनन् । थप अप्रिय घटना हुन नदिन इलाका प्रहरी कार्यालयबाट प्रमुख डिएसपी बुद्ध श्रेष्ठ र जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा पनि घटनास्थल पुगेका थिए । 

साँझ साढे ६ बजेसम्म पनि मेयर साम्पाङले सम्बोधन नगरेपछि पीडित घर फर्किएका थिए । उनीहरूले सोमबार पुनः ११ बजे उपमहानगरपालिका घेराउ गर्ने घोषणा गरेका छन् । 

आइतबार पीडितहरू फर्किएपछि मात्र मेयर साम्पाङ उपमहानगरपालिकाको गाडीमा फर्किएका थिए । 





  • प्रकाशित मिति : साउन १६, २०७९ साेमबार १०:३४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया