नेपालका दुई खेलाडीले भारतकाे प्रो कबड्डी लिग खेल्ने

नेपाली राष्ट्रिय कबड्डी टाेलीका सदस्य लाल मोहर यादव र नागेश्वर थारुले भारतमा हुने प्रो कबड्डी लिग खेल्ने भएका छन् ।

कबड्डीकाे फ्रेन्चाइज लिग प्रो कबड्डीको नयाँ सिजनका लागि अक्सनबाट लाल र नागेश्वर बिक्रि भएका हुन् । उनीहरूलाई बैंगलुरु बुल्सले अनुबन्ध गरेको छ ।

अक्सनको 'सी' श्रेणीमा रहेका लाल र नागेश्वरलाई बैंगलुरुले समान १०/१० लाख भारुमा भित्राएको हो ।

लालले यस अघि पनि बैंगलुरुबाट खेलिसकेका थिए । यस्तै अघिल्लो सिजन नेपालका संजय श्रेष्ठले पनि बैंगलुरुबाट खेलेका थिए ।





  • प्रकाशित मिति : साउन २१, २०७९ शनिबार १८:३५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया