सानिमा बैंकले ल्यायो दुई करोड अमेरिकी डलर बराबरको ऋण सहायता

सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को दुई करोड अमेरिकी डलरबराबरको ऋण सहायता ल्याएको छ । 

बुधबार बैंकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले लघु, साना तथा मझौला उद्योग (एमएसएमइज)का लागि २ करोड अमेरिकी डलर ऋण भित्र्याएको जानकारी दिएको हो । सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को सहायतामा २ करोड अमेरिकी डलर ऋण मुलुकभित्र ल्याएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निश्चलराज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितमा पनि आइएफसीबाट प्राप्त रकमले एमएसएमइज सेक्टरमा कर्जा प्रवाह गर्न सहजता हुने बताए । 

आइएफसीसँगको सम्झौताअनुसार प्राप्त रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्ने प्रतिबद्धता जनाए । 

सानिमा बैंक स्वयंले पनि साना तथा लघु उद्योग माझ आफ्नो व्यवसाय फैलाएको वाणिज्य बैंक हो । बैंकले कर्जा पोर्टफोलियोको ३५ प्रतिशत ऋण लघु साना तथा मझौला उद्योगमा बिस्तार गरेको छ ।  

४४ अर्ब रुपैयाँबराबरको कर्जा यस्ता लघु उद्योगलाई बैंकले प्रदान गरेको छ । बैंकले २५०० लघु उद्यमीहरूले उक्त कर्जाको उपयोग गरेका छन् । 



कर्जाको उपलब्धताको परिणाम स्वरूप यी उद्योगहरूले ५ हजार रोजगारी सिर्जना गर्न सफल समेत भएको बैंकले दाबी गरेको छ । बैंकले आगामी दिनमा साना मझौला तथा घरेलु उद्योगलाई सहयता गरी थप दुई हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ ।



  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १८:३०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया