राष्ट्रिय युवा परिषदले पाँच पिल्लर नीतिका रूपमा काम गरेको छ : उपाध्यक्ष बस्नेत

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत युवाहरूको क्षेत्रमा परिषद्ले पाँच पिल्लर नीतिका रूपमा काम गरेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसमा आयोजित कार्यक्रममा उनले दक्ष युवा जनशक्ति उत्पादन र विदेशिनबाट रोक्नका लागि उद्यमशीलता सम्बन्धि सिप मूलक कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरेको बताए । 

‘पाँच पिल्लरमा केन्द्रित भएर राष्ट्रिय युवा परिषदले काम गर्ने गर्दछ । युवाहरूका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने, उद्यमशिलता रोजगारी, सिप विकास, स्वास्थ्य र समाजिक सुरक्षा, युवाहरूको परिचालन सहभागिता र नेतृत्व विकास चौथो पिलर हो भने खेलकुद र मनोरञ्जन पाँचौ पिलरको रुपमा रहेको छ,’ बस्नेतले भने ।

उनले  हरेका वर्ष ५ देखि ६ लाखको हाराहारीमा नेपाली युवाहरु रोजगारीका लागि विदेशिन बाध्य भएको बताए । ‘नेपालमा हरेका वर्ष ५ देखि ६ लाखको हाराहारीमा नेपाली युवाहरू कामको शिलशिलामा बहिरिने गरेका छन् भने नेपाली श्रम बजारमा ४ लाखभन्दा बढी युवाहरू देखापर्ने गरेका छन्,’ बस्नेतले भने । 
 
अन्तर्राष्ट्रिय«य युवा दिवसको पूर्वसन्ध्यामा परिषद्ले सामाजिक रूपान्तरणमा सहयोग पुर्याउने विषयमा रहेर तीनवटा राष्ट्रिय प्रतियोगिता गराएको छ । युवाहरूको बीचमा सहज पहुँचका लागि गजल, टिकटक र युट्युब भिडियो बनाउने राष्ट्रिय प्रतियोगिता गरेको उपाध्यक्ष बस्नेतले बताए । 





  • प्रकाशित मिति : साउन २७, २०७९ शुक्रबार १३:५८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया