कानुनमन्त्री र महान्यायाधिवक्ताले भने- विप्लव समूहसँगको तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाल कम्युनिष्ट पार्टीसँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री कोइरालाले नेपाल कम्युनिष्ट पार्टीको वार्ता टोलीले सरकारसँग ०७७ फागुन २० मा सम्झौता गरेको सो अनुसार हालसम्म ५२३ मुद्दाहरु फस्र्यौट भइसकेको बताए । नेपाल कम्युनिष्ट पार्टीमाथि कुल ६१० वटा मुद्दा लागेको बताउँदै उनले ८७ वटा मुद्दा फस्र्यौटको क्रममा रहेको बताए । 

६० जिल्लामा नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दाहरु रहेको उल्लेख गर्दै मन्त्री कोइरालाले अदालतमा चलेका मुद्दाहरुमा पनि ११९ मुद्दा फैसला भइसकेको बताए ।

पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह र सरकारबीच भएको तीनबुँदे सहमति पूरा गर्नका लागि कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए । जिल्ला प्रशासन कार्यालयमा ६१० वटा मुद्दाहरु रहेकोमा ५२३ मुद्दा फस्र्यौट भएको र ८७ मुद्दा कार्यविधिगत कानुनी प्रक्रिया बाँकी रहेका कारणले विचाराधिन रहेको उनले बताए । 

नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित झन्डै १५०-१५५ को हाराहारीमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी निर्णय गरिसकेको पनि उनले बताए । 

महान्यायाधिवक्ता खातीले ऐन, कानुनले नेगेटिभ लिस्टमा राखेका मुद्दाहरु भने मन्त्रिपरिषद्बाट फिर्ता लिन नमिल्ने बताए । फिर्ता लिने मुद्दाहरुमा ३८ थान मुद्दा गृह मन्त्रालयबाट आएको र महान्यायाधिवक्ताको कार्यालयले त्यसको प्रक्रिया पूरा गरेर गृह हुँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुगेको अवस्था रहेको उनले बताए । 



ती मुद्दामा क्षतिपूर्तिको माग दाबी भएको कारणले पनि प्रक्रियागत रुपमा अघि बढेको उनले बताए । 



  • प्रकाशित मिति : भदौ ६, २०७९ साेमबार २१:३७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया