आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक व्यापार घाटा एक खर्ब १६ अर्बभन्दा बढी
फाइल तस्बिर

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालको वैदेशिक व्यापार घाटा १ खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रुपैयाँ रहेको छ । भन्सार विभागका अनुसार गत साउन महिनामा नेपालले १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तुहरू आयात गरेको छ । सो महिनामा नेपालले मात्र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तुहरू निर्यात गरेको छ ।  

गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको वैदेशिक व्यापार घाटा १०.३८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा नेपालको वैदेशिक व्यापार घाटा १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख २ हजार रुपैयाँ रहेको थियो । 

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष कुल वैदेशिक व्यापार १४.८१ प्रतिशतले घटेको छ । 

अघिल्लो आर्थिक वर्षको साउनमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख ३६ हजार रुपैयाँको रहेको थियो । अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष नेपालको वैदेशिक निर्यात र आयात दुवै घटेको छ । 

नेपालले गत साउन महिनामा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तुहरू विभिन्न देशबाट आयत गरेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँको वस्तुहरू आयात गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनमा नेपालको आयातमा १२.९० प्रतिशतले घटेको छ । 

नेपालको वैदेशिक निर्यात यस वर्षको साउनमा २८.३८ प्रतिशतले कमी आएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को साउन महिनामा २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैयाँको वस्तुहरू निर्यात गरेको नेपालले चालु आर्थिक वर्षको साउनमा नेपालले १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।  





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार ११:४५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया