सामाजिक सुरक्षा कोषका शाखा कार्यालय विराटनगर र सिमरामा विस्तार
फाइल तस्वीर

सामाजिक सुरक्षा कोषका शाखा कार्यालय विराटनगर र सिमरामा विस्तार गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आज एक कार्यक्रमबीच काठमाडौंबाट नै शाखा कार्यालयको उद्घाटन गरेका हुन् । 

सिंहदरबारस्थित मन्त्रालयबाट कार्यालय उद्घाटन गरिएको हो । उद्घाटनपछि सम्बोधन गर्दै मन्त्री कुँवरले कोषको दायरा र सेवा क्षेत्र दुवैलाई विस्तार गर्ने नीति लिएको जानकारी दिए । कोष स्थापना भएपछिको तीन वर्षमा जति चलायमान हुनुपर्ने त्यति नभएको तर अहिले प्रभावकारी बन्दै गएको उनले बताए । 

'अहिले सामाजिक सुरक्षा कोषले आफूलाई चलायमान बनाएको छ । चाहे मजदुरलाई सुरक्षा दिने कुरामा होस्, मजदुरको औषधि उपचार गर्ने कुरामा हामीले अनलाइन प्रणालीबाट खर्च व्यवस्थापन गर्ने, खर्च भुक्तानी गर्ने कुरामा होस्, चाहे यो कोषलाई अझै परिचालन गर्नका लागि सापटी दिने व्यवस्थाको कुरा होस् । यी विषयवस्तुमा हामी अगाडि बढेका छौँ,' उनले भने ।

कार्यक्रममा सामाजिक सुरक्षा कोषमा अहिलेसम्म १७ हजार ३ सयभन्दा धेरै रोजगारदाता कम्पनी आबद्ध भएको जानकारी दिइएको छ । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीका अनुसार २ लाख ५० हजारभन्दा धेरै श्रमिकले कोषमा योगदान गरेका छन् । 

अहिलेसम्म २२ अर्ब ३१ करोड रुपैयाँ रकम संकलन भएको छ । कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले काठमाडौं केन्द्रित कोषको सेवालाई विकेन्द्रीकरण गर्दै लगिने बताए ।





  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १३:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया