बिबिएलको ड्राफ्ट आज, नेपालका दुई खेलाडी सूचीमा

अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बिग बास लिग (बिबिएल) को १२ औं संस्करणको लागि खेलाडी ड्राफ्ट आज हुँदैछ ।

बिबिएलको इतिहासमै पहिलोपटक हुन लागेको खेलाडी ड्राफ्ट नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

बिबिएलको ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य सुवास खकुरेल छन् । कप्तान लामिछाने पछिल्ला चार संस्करणदेखि बिबिएलको हिस्सा रहँदै आएका छन् । 

उनले यो लिगमा ४३ खेल खेल्दा ४८ विकेट लिएका छन् । बिबिएलको राम्रो अनुभव भएका लामिछाने यस पटक पनि कुनै टोलीमा अनुबन्ध हुने सम्भावना बलियो छ ।

सुरुवाती दुई संस्करण मेलबर्न स्टारमा बिताएका सन्दीप पछिल्ला दुई संस्करण होबार्ट हरिकेन्समा आबद्ध थिए । बिबिएलको नयाँ सिजन आगामी डिसेम्बरदेखि फेब्रुअरीसम्म हुनेछ ।  





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार ११:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया