logo-img

जबराले सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिए : मीन विश्वकर्मा
फाइल तस्वीर

नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले महाभियोगको प्रतिरक्षाका लागि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताएका छन् ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नो प्रतिरक्षाका लागि सीमाभन्दा बाहिर गएर भनाइ राखेको बताएका हुन् । उनले प्रधानन्यायाधीश जबराले अभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको बताए । 

सचेतक विश्वकर्माले महाभियोग प्रस्तावको प्रतिरक्षा गर्ने क्रममा भनिएका सबै कुरालाई समितिले सामान्य रूपमा लिएको पनि बताए । 

उनले प्रधानन्यायाधीश जबराले राजनीतिक रूपले नियुक्त भएका न्यायाधीशका कारणले गर्दा मैले एकमतले निर्णय गर्न सकिनँ र त्यसमा स्वाविवेकीय अधिकार हुन्छ भन्ने कुरा राखको उल्लेख गर्दै प्रतिप्रश्नमा संविधानको धारा १३६ ले न्यायपालिकामा भएका सबै निर्णयहरुको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्छ, तपाईं लिनुहुन्छ कि लिनुहुन्न भन्ने प्रश्न राखेको बताए । 

जवाफमा प्रधानन्यायाधीश जबराले न्यायालयका निर्णयका अधिकार आफूले लिइरहेको र बोल्ने क्रममा भनेको मात्रै भनेको अभिव्यक्ति दिएको बताए । 

सचेतक विश्वकर्माले महाभियोगबारे पूर्वनिर्धारित कार्यतालिका परिवर्तन हुनसक्ने बताए । उनले संसद, आगामी निर्वाचनलाई मिलाउँदै जाँदा कार्यतालिका फेरबदल हुनसक्ने तर तोकिएको ३ महिनाको समयसीमाभित्रै महाभियोगको छिनोफानो हुने बताए । 



उनले प्राप्त कागजातको अध्ययनका लागि समितलाई केही समय अझै लाग्ने बताए । उनले प्रधानन्यायाधीश जबराले आज व्यक्त गरेका रायका आधारमा सर्वसम्मत निष्कर्षमा पुग्ने दाबी गरे । सचेतक विश्वकर्माले प्रतिप्रश्न भइरहेकोले आज नै सबै प्रश्नको जवाफ र स्पष्टीकरण नसकिने बताए ।



  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १६:४४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया