logo-img

नेपालमा थपिए एक सय ४२ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर परीक्षण गर्दा ११६ एन्टिजेन परीक्षण गर्दा २६ गरी एक सय ४२ जना नयाँ संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २३० जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.५ प्रतिशत रहेको छ । 

पछिल्लो २४ घण्टामा मृतकको संख्या शून्य रहेको छ । सोही समयमा तीन हजार ४५० जनाले कोरोना परीक्षण गरेका थिए । हाल सक्रिय संक्रमितको संख्या २ हजार ५२८ जना रहेका छन् ।







  • प्रकाशित मिति : भदौ १९, २०७९ आइतबार १७:२५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया