सिराहाका चारवटै क्षेत्रमा एमालेले टुङ्ग्यायो उम्मेदवार

एमालेले प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि सिराहाका चारवटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । सिराहा–३ बाट पोलिटब्युरो सदस्य तथा मधेस प्रदेश सहइन्चार्ज लिलानाथ श्रेष्ठ सर्वसम्मत सिफारिस भएका छन् । 

निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्वर ३ को बैठकले पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठको नाम प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस भएको प्रदेश कमिटी अध्यक्ष दीपेन्द्र यादवले जानकारी दिए । क्षेत्र नम्वर ३ को प्रदेश ‘क’ बाट रामअवतार महतोको एकल नाम सिफरिस गरिएको छ । ‘ख’ तर्फ तीन/चारजनाको नाम आएकाले समय लाग्ने यादवले बताए । 

निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्बर ४ को बैठकले प्रतिनिधिसभाका लागि दुईजनाको नाम सिफारिस गरेको छ । प्रदेश सभाका लागि ‘क’ बाट पाँच र ‘ख’ बाट तीनजनाको नाम सिफारिस भएको छ । 

प्रतिनिधिसभाका लागि इन्द्रेश राउत र अमरनाथ यादवको नाम सिफारिस भएको छ । प्रदेशतर्फ ‘क’ पवनकुमार महतो, पुलन महतो, प्रकाश महासेठ, जागेश्वर साह र विमल यादवको नाम सिफारिस भएको छ । प्रदेश ‘ख’को लागि जगतरैन देवी साह, विल्टु साह र विजयनन्द महतोको नाम सिफारिस भएको छ । 

सिराहा–१ बाट रामशंकर यादवको नाम सिफरिस भएको छ । प्रमेश ‘क’बाट राजेन्द्रप्रसाद चौधरी, यमुना खनाल, रामनारायण महतो, इन्द्रनारायण चौधरी र प्रदीपकुमार चौधरी नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि नरेन्द्रराज पोखरेलको नाम सिफरिस गरिएको छ ।





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार १२:३०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया