कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ६० कर्मचारीले दिए राजीनामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत ६० जना कर्मचारीले राजीनामा बुझाएका छन् । प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै उनीहरूले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन् ।

‘विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पृष्ठभूमिमा हामी सेवा दिन असमर्थ छौँ,’ उनीहरूले राजीनामा पत्रमा लेखेका छन् । 

केही दिनअघि प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा. करण शाहमाथि केही व्यक्तिले दुर्व्यवहार गरेका थिए । त्यसको विरुद्धमा कर्मचारी आन्दोलित बनेका हुन् ।

 





  • प्रकाशित मिति : भदौ २२, २०७९ बुधबार २०:४३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया