अनसन बस्न धनगढी पुगे डाक्टर केसी
फाइल तस्बिर

चिकित्सा शिक्षा अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसी यति बेला कैलालीको धनगढी आइपुगेका छन् । उनी आज साँझ ५ बजेदेखि सत्याग्रह बस्न धनगढी आएका हुन् । 

डा. केसीले आफ्नो माग पूरा गर्न सरकारलाई भदौ २८ सम्म अल्टिमेटम दिएका थिए ।  ‘हिजोसम्म सरकारको तर्फबाट माग सम्बोधन या वार्ता केही होला कि भन्ने थियो तर सरकारको पक्षबाट कुनै रेस्पोन्स नआएकाले म सत्याग्रहका लागि धनगढी आएको छ,’ डा. केसीले भने, ‘देउवाले समय मागेर आजसम्म झुलाए तर अहिले रेस्पोन्स गरेनन्, त्यसैले धनगढीमा अनशन बस्छु ।’

उनले सुरक्षाको कारण स्थान भने तय नभएको बताएका छन् ।    डा. केसीले आफूले राखेका माग र समाधानको खाका समेत सरकारलाई बुझाइसकेका छन् । 





  • प्रकाशित मिति : भदौ २७, २०७९ साेमबार ११:४७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया