विश्वकप लिग-२ मा अमेरिकाविरुद्ध पपुवा न्यूगिनीको शानदार जित

आइसिसी विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजमा घरेलु टोली पपुवा न्यूगिनी (पिएनजी) ले जित हात पारेको छ । उसले आज सम्पन्न खेलमा अमेरिकाविरुद्ध २६ रनको जित हात पारेको हो ।  

मंगलबार पिएनजीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै १८५ रन मात्र बनाउन सक्यो । उसका लागि सैतेजा रेड्डी मुक्कामल्लाले सर्वाधिक ४७ रनको योगदान दिए । त्यस्तै, कप्तान मोनांक पटेलले ३५, गजानन्द सिंहले अविजित ३४, स्टेभन टेलरले २५ र ओरोन्स जोन्सले २४ रन जोडे ।

पिएनजीका लागि कप्तान चाल्र्स अमिनी र असाद भालाले तीनरतीन तथा सेमो कामिया, दामिया राभु, चाड सोपेर र नोर्मन भानुआ एक/एक विकेट लिए । त्यसअघि अमिनी पार्कमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा ओभरमा सबै विकेट गुमाउँदै २११ रन बनाएको थियो ।

उसका लागि असाद भालाले ८९ बलमा पाँच चौका र एक छक्कासहित ६४ रनको अर्धशतकीय पारी खेले । लेगा सियाकाले ३५, चाड सोपरले २१ , हिरी हिरीले १८, सेसे बाउले १६ र चार्ल्स अमिनीले १५ रन जोडे । अमेरिकाका लागि स्टेभन टेलरले तीन, क्यामरोन स्टेभनसनले दुई तथा सौरभ नेत्रावल्कर, नस्तुष केन्जिगे, निशर्ग पटेल र जसकरण मल्होत्राले एक/एक विकेट लिए ।

यो हारका बाबजुद २९ खेलमा २९ अंक जोडेको अमेरिका तेस्रो स्थानमा रहँदा जित निकालेको पिएनजी २२ खेलमा ५ अंकका साथ पुछारमा छ । उसले अहिलेसम्म २२ मध्ये १९ मा हार दुईमा जित तथा एक खेलमा बराबरी खेलेको छ ।

अब आफ्नो तेस्रो खेलमा अमेरिकाले १५ सेप्टेम्बर तथा पिएनजीले १९ सेप्टेम्बरमा नामिबियाको सामना गर्नेछन् । त्यस्तै, विश्वकप लिग–२ मा अहिलेसम्म २० म्याच खेल्दा नेपाल आठ जित र ११ हार र एक बराबरीको नतिजा निकालेको नेपाल १७ अंकका साथ छैटौं स्थानमा छ । 





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार १४:४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया