डा. गोविन्द केसीका मागबारे प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयबीच छलफल

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका मागबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चासो व्यक्त गरेको छ। केसीले ७ बुँदे माग राखेर सोमबारदेखि आमरण अनसन सुरु गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले डा. केसीका मागबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिवसँग छलफल गरेको बताइएको छ । सचिव रामप्रसाद घिमिरेले स्वास्थ्य सचिव डा. रोशन पोखरेलसँग छलफल गरेका हुन् । 

छलफलमा डा केसीसँग वार्ताबारे पनि कुराकानी भएको थियो। यद्यपि सरकारले वार्ताबारे ठोस निर्णय भने गरेको छैन। 

डा. केसीसँग ०७७ साल असोज २४ गते भएका सहमति र त्यसमा भएका प्रगतिका विषयमा छलफल केन्द्रित भएको बताइएको छ। 





  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार २०:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया