logo-img

टेनिस स्टार फेडेररले संन्यास लिने

स्वीस टेनिस स्टार रोजर फेडेररले संन्यासको घोषणा गरेका छन् । उनले अर्को हप्ता लण्डनमा हुने लभेर कप प्रतियोगितापछि संन्यास लिने घोषणा गरेका हुन् ।

‘मैले भविष्यमा ग्राण्ड स्लाम र अरू टुर मात्र होइन अन्य धेरै टेनिस खेल्न सक्थेँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो तितो–मिठो निर्णय हो, किन कि मैले भ्रमणले दिने सबै कुरा याद गर्नेछु, एकै समयमा त्यहाँ मनाउने धेरै कुरा छन् ।’

उनी सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने तेश्रो खेलाडी हुन् । फेडेररभन्दा अघि रहेका राफेल नाडलले २२ र नोभाक जोकोभिचले २१ ग्राण्डस्लाम जितेका छन् । फेडेरर २० ग्राण्डस्लाम विजेता हुन् । 



सन् १९९८ मा व्यावसायिक टेनिस करिअर सुरु गरेका उनले पहिलो ग्रान्डस्लाम उपाधिका रूपमा २००३ को विम्बल्डन जितेका थिए । पछिल्लो समय घुँडाको चोटले ग्रसित फेडेरर २०२१ को विम्बल्डनपछि कोर्टमा देखिएका छैनन् । 





  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार ७:२२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया