चोलेन्द्रविरुद्ध महाभियोग : समितिमा छलफल सुरु
फाइल फाेटाे

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाभियोगको विषयमा सिफारिस समितिमा छलफल सुरु भएको छ । 

जबरासँगको सुनुवाई र उनले पोलेका व्यक्तिहरूसँगको बयानपछि आज समितिको बैठक बसेको हो ।

बैठकले जबरामाथि महाभियोग लगाउने वा नलगाउने निर्णय गर्ने समितिका सदस्यहरूले बताए । 

शनिबार बिहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो । 

त्यसपछि समितिका सदस्यहरूलाई समितिको सचिवालयले तयार पारेको प्रतिवेदनको मस्यौदा बुझाएको थियो । अबको बैठकले उक्त प्रतिवेदनलाई अन्तिम रूप दिनेछ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल शनिबार राति १२ बजेपछि सकिने भनेकाले सिफारिस समितिले आजै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १६:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया