डा. केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन

धनगढीमा अनशनरत डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । केसीको सत्याग्रहमा ऐक्यबद्धता जनाउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो । 

डा केसी विभिन्न सात बुँदे माग राखी धनगढीमा ६ दिनदेखि अनसनमा छन्। सोलिडारिटी फर डाक्टर केसी अलाइन्सको आह्वानमा शनिबार उक्त प्रदर्शन गरिएको हो। 

प्रदर्शनकारीले जो निजी अस्पतालको मालिक, उही स्वास्थ्य मन्त्री ? स्वार्थको द्वन्द्वसम्बन्धी कानुन खै ?, उपचार गर्न काठमाडौं कहिलेसम्म धाउनुपर्ने ? लगायत प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् । 





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १७:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया