अग्रता जोगाउन नसक्दा बराबरीमै रोकियो पिएसजी

युइएफए च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बराबरी खेलेको छ । गएराति सम्पन्न खेलमा उसले बेन्फिकासँग १–१ को बराबरी खेलेको हो । एस्टाडियो डो स्पोर्ट लिस्बोआ एण्ण्ड बेन्फिका स्टेडियममा भएको खेलमा पिएसजीले सुरुआती अग्रता लिएको थियो ।

खेलको २२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । तर, उनको अग्रता लामो समयसम्म टिक्न सकेन ।

बेन्फिकाका डानिलो परेराले ४६ औं मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । यो बराबरीपछि पनि समूह ‘एच’ मा रहेको पिएसजी अंक तालिकाको शीर्ष स्थानमै छ ।

उसले तीन म्याच खेल्दा दुई खेलमा भने जित हात पारेको छ । बेन्फिका दोस्रो स्थानमा छ । उसले पनि तीनमध्ये एकमा बराबरी र दुई खेलमा जित निकालेको छ । यही समूहमा रहेको युभेन्टस तेस्रो स्थानमा छ ।





  • प्रकाशित मिति : असोज २०, २०७९ बिहीबार ७:५५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया