कांग्रेस नेता मिनेन्द्र रिजालले पाएनन् टिकट, सुजातालाई उठाइयो

नेपाली कांग्रेसले नेता डाक्टर  मिनेन्द्र रिजालको चर्चा चलेको मोरङ क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको टिकट सुजाता कोइरालालाई दिएको छ । सो क्षेत्रमा डाक्टर रिजाल र कोइराला टिकटको दाबेदार थिए । 

त्यहाँ  २०७४ सालमा डाक्टर रिजालले एमाले उम्मेदवार ऋषिकेष पोखरेललाई पराजित गरेका थिए ।  तर, नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको हो ।

यसअघि उनी उठेको क्षेत्रमा अहिले कांग्रेसले नेतृ कोइरालालाई टिकट दिइएको हो । यसअघि कांग्रेसको चौधौं महाधिवेशनमा नेता रिजाल शेखर कोइराला समूहबाट महामन्त्रीको प्रत्यासी थिए ।





  • प्रकाशित मिति : असोज २३, २०७९ आइतबार ८:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया