एमालेका बागी उम्मेदवारले पार्टी नै परित्याग गरे

एमालेका मधेस प्रदेश सदस्य एकबहादुर श्रेष्ठले पार्टी परित्याग गरेका छन् । सिबिक निजगढ गाँउपालिकाका अध्यक्ष समेत रहेका उनलाई पार्टीले प्रदेश सभाको टिकट नदिएपछि बारा- १ 'क' बाट स्वतन्त्र उम्मेदवारी दिएका श्रेष्ठले बुधबार पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् ।

पार्टीले स्थानीय नेताकार्यकर्ता र जनभावना विपरित टिकट दिएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनीसँगै उनलाई प्रस्तावक र समर्थकका रुपमा रहेका यमबहादुर खड्का नारयण र गोपालप्रसाद लम्सालले समेत पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । एमाले पार्टीबाट त्रिलेकी चौधरीलाई प्रदेशसभाको टिकट दिएपछि एकबहादुर श्रेष्ठका नेता कार्यकर्ता रुष्ट बनेका छन् । 

यसअघि श्रेष्ठले स्थानीय तहको निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।





  • प्रकाशित मिति : असोज २६, २०७९ बुधबार १५:३४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया