मन्जुकाे दाबी— महोत्तरी २ ‘क’ मा गठबन्धनको आधिकारिक उम्मेदवार

महोत्तरी निर्वाचन क्षेत्र नम्बर–२ को ‘क’ मा गठबन्धनको उम्मेदवारहरुको आधिकारिकताको विषयमा विवाद भइरहँदा नेकपा एकीकृत समाजवादीकी नेतृ मञ्जु कुमारी यादवले आफू सतारुढ पाँच दलीय गठबन्धनको आधिकारिक उम्मेदवार रहेको दावी गरेकी छन् । 

बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै नेतृ मञ्जुले आफूलाई निर्वाचन आयोगले चुनाव चिन्हसमेत  दिइसकेको र आफू औपचारिक रुपमै प्रचार प्रसारमा जुटिसकेको बताएकी हुन् ।

पाँच दलिय गठबन्धनबाट जसपा बाहरिए पछि नेपाली काँग्रेसले आफ्नो भाग दिएर लोसपालाई भित्र्याउने गठबन्धनभित्र सहमती भएको थियो । कांग्रेसले आफ्नो भागको सीट दिएर लोसपालाई गठबन्धनमा ल्यायो । लोसपाका जयनुल राइनले उम्मेदवारी दिएको क्षेत्र महोत्तरीको २ ‘क’ पहिले नै नेकपा एकीकृतको भागमा परिसकेकाले आफू गठबन्धनको आधिकारीक उम्मेदवार रहेको यादवले दावी गरिन् । 

सोही क्षेत्रबाट सत्ता गठबन्धनकै घटक दल लोसपाका राइनले पनि उम्मेदवारी दिएका छन् । राइनले आफू गठबन्धनको आधिकारिक उम्मेदवार रहेको भन्दै प्रचारप्रसार गर्न थालेपछि त्यहाँ विवाद चुलिएको हो । 

यादवले भनिन्, ‘राजनीतिमा अनुशासन तथा सम्झौताको पालना अपरिहार्य हुन्छ तर लोसपाले राइनलाई उम्मेदवारी दिन लगाएर सम्झौता विपरित कार्य गरेको छ ।’ 

लोसपालाई कांग्रेसले गठबन्धनमा ल्याएको छ, यादवले भनिन ‘गठबन्धनको मर्म अनुरुप सम्झौता पालना गर्न कांग्रेस र लोसपा दूबै दललाई आग्रह गर्न चाहन्छु ।’ 



कांग्रेसले लोसपालाई गठबन्धनमा ल्याउनु पूर्व नै आफूलाई टिकट दिएकोले आफू नै गठबन्धनको आधिकारिक उम्मेदवार रहेको उनको भनाई थियो ।  

महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा पाँचदलीय गठबन्धनबाट प्रतिनिधिसभामा लोसपाका शरतसिंह भण्डारी, प्रदेशसभाको ‘क’ मा नेकपा एकीकृत समाजवादीकी मञ्जु यादव, लोसपाका जयनुल राइन र ‘ख’मा काँग्रेसका नागेश्वर राय उम्मेदवार छन् ।



  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार १६:३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया