नवाैं राष्ट्रिय खेलकुद: साइक्लिङमा हिक्मत र उषालाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङकाे रोड रेस मास स्टार्ट विधातर्फ गण्डकी प्रदेशका हिक्मत बिक र त्रिभुवन आर्मी क्लबकी उषा खनालले स्वर्ण जितेका छन् ।

उषाले बुधबार पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिलातर्फ  ४० किलोमिटरको दूरी १ घण्टा २३ मिनेट १८ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितिन् ।

एपिएफकी हुमी बुढामगरले उक्त दूरी १ घण्टा २५ मिनेट ४६ सेकेन्डमा पूरा गर्दै रजत तथा १ घण्टा २९ मिनेट ३८ सेकेण्डमा दूरी पूरा गर्दै नेपाल आर्मीकी मञ्जुकुमारी खड्काले कास्य पदक पदक जिते ।

पुरुषतर्फ ६० किलोमिटरको दूरी १ घण्टा ५५ मिनेट २१.०१५ सेकेन्डमा पूरा गर्दै बिकले स्वर्ण पदक जितेका हुन्  ।

साे दूरी १ घण्टा ५५ मिनेट २१ सेकेन्ड ४१४ मिलिसेकेन्डमा पूरा गर्दै एपिएफका सुरज रानामगरले रजत तथा १ घण्टा ५५ मिनेट २१ सेकेन्ड ८६१ मिलिसेकेन्डकाे समय निकाल्दै आर्मीका हिमाल टमाटाले कास्य पदकजिते ।





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार १७:३१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया