logo-img

सिरी ‘ए’ मा इन्टर मिलानको सहज जित

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा इन्टर मिलान विजयी भएको छ । ऊ घरेलु मैदानमा साम्पडोरियाविरुद्ध ३–० ले विजयी भएको हो ।

सान सिरोमा इन्टरलाई सहज जित दिलाउन स्टेफन डि भ्रिज, निकोलो बरेला र जोक्विन कोरियाले एक/एक गोल गरे । खेलको २१औं मिनेटमा भ्रिजको गोलमार्फत इन्टरले अग्रता लिएको थियो । ४४औं मिनेटमा बरेलाले टोलीको अग्रता दोब्बर बनाए । 

७३ औं मिनेटमा कोरियाले गोल गरेपछि इन्टरले ३–० को सहज जित निकाल्यो । यो जितसँगै १२ खेलमा २४ अंक जोडेको इन्टर पाँचौं स्थानमा रहँदा पराजित साम्पडोरिया समान खेलबाट ६ अंकका साथ १८ औं स्थानमा छ ।



लिगअन्तर्गकै अन्य खेलमा नापोलीले सासोउलोलाई ४–० तथा युभेन्टसले लिसलाई १–० ले पराजित गरेका छन् ।  





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार ८:३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया