देव गुरुङलाई कांग्रेस (बिपी) र जसपाको समर्थन

लमजुङमा सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई नेपाली कांग्रेस (बिपी) र जनता समाजवादी पार्टीले पनि सर्मथन गर्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रका महासचिव समेत रहेका गुरुङ एमालेका पृथ्वीसुब्बा गुरुङसँग चुनावी मैदानमा छन् । 

आइतबार लमजुङमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस (बिपी)का प्रतिनिधिसभाका उम्मेदवार डा.लक्ष्मीकान्त पौडेल र जनता समाजवादी पार्टीका नरेन्द्र गुरुङले आ–आफ्नो उम्मेदवारी फिर्ता लिँदै गुरुङलाई समर्थन गर्ने जानकारी गराएका हुन् ।





  • प्रकाशित मिति : कात्तिक १३, २०७९ आइतबार १९:३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया