अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो रियल

स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । ऊ जिरोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा सुरुआती अग्रता जोगाउन नसक्दा रियल अंक बाँड्न बाध्य बन्यो । खेलको ७० औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।

८० औं मिनेटमा क्रिस्टियन स्टुआनीले पेनाल्टीमनर्फत गोल गर्दै जिरोनालाई १–१ गोलको बराबरीमा ल्याए । यस्तै, थप गरिएको समयमा टोनी क्रुसले दोहोरो पहेलो कार्ड बेहोर्दै मैदान छाडेपछि रियल १० खेलाडीमा समेटिएको थियो ।

बराबरीमा रोकिए पनि १२ खेलमा ३२ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिँदा समान खेलबाट १० अंकका साथ जिरोना १६ औं स्थानमा छ ।

लिगअन्तर्गतकै अन्य खेलमा ओसासुना, एथलेटिक्स क्लब बिल्वाओ र रियल बेटिसले जित हात पारेका छन् । 





  • प्रकाशित मिति : कात्तिक १४, २०७९ साेमबार ७:१४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया