च्याम्पियन्स लिगकाे अन्तिम खेलमा बार्सिलाेना विजयी

युइएफए च्याम्पियन्स लिगकाे समूह चरणकाे अन्तिम खेलमा स्पेनिस क्लब बार्सिलाेनाले सहज जित हात पारेकाे छ । उसले गएराति चेक रिपब्लिककाे भिक्टाेरिया प्लेजेनविरु ४–२ को जित हात पारेकाे हाे ।

प्लेजेनकाे घरेलु मैदान  बार्सिलोनालाई जित दिलाउन फेरान टोरेसले दुई तथा मार्काेस अलन्सो र पाब्लो टोरेले समान एक गोल गरे । थोमस चोरेले दुई गोल गरे पनि घरेलु टोलीको हार टार्न भने सकेनन् । 

खेलकाे छैटौं मिनेटमै अलन्साेकाे गाेलमनर्फत बार्सिलाेनाले अग्रता  लिएकाे थियाे । ४४ औं मिनेटमा टाेरेसले टाेलीकाे अग्रता दाेब्बर बनाए ।

५१ औं मिनेटमा चाेरेले पेनाल्टीमार्फत गाेल गर्दै खेललाई २-१ काे स्थितिमा ल्याए । ५४ औं मिनेटमा टाेरेसले व्यक्तिगत दोस्रो गाेल गर्दा बार्सिलाेना ३-१ ले अघि बढ्याे ।

६३ औं मिनेटमा चाेरेले व्यक्तिगत दोस्रो गाेल गरेपछि खेल ३-२ काे स्थितिमा आयो । ७५ औं मिनेटमा टाेरेले गाेल गर्दै पाहुना टाेलीलाई ४-२ काे जित दिलाए ।

जितसँगै ६ खेलमा ७ अंक जाेडेकाे बार्सिलाेनाले तेस्रो स्थानमा रहेर युराेपा लिग खेल्ने पक्का हुँदा पराजित प्लेजेन समान खेलबाट विना अंक पुछारमा रहँदै बाहिरियाे ।



यही समूहकाे अर्काे खेलमा बायर्न म्युनिखले इन्टर मिलानलाई २-० ले पराजित गरेकाे छ । 

याे नतिजासँगै समूह चरणमा शतप्रतिशत जित निकालेकाे बायर्नले ६ खेलमा १८ अंकका साथ शीर्ष तथा पराजित इन्टरले समान खेलबाट १० अंकका साथ दोस्रो स्थानमा रहँदै अन्तिम १६ काे यात्रा तय गरेका छन् ।



  • प्रकाशित मिति : कात्तिक १६, २०७९ बुधबार ७:५५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया