logo-img

कृषि औजार कारखानाको मर्मत सम्भार हुँदै, एक वर्षभित्र १५ किसिमका औजारहरू उत्पादन गर्ने

वीरगन्जको कृषि औजार कारखानाको मर्मत सम्भार कार्य सुरु गरिएको छ । दुई दशक अघिबाट बन्द रहेको कारखानालाई महावीर पुनको आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएसँगै मर्मत कार्य र कारखानामा भएका सामग्रीको लागत सङ्कलन सुरु भएको हो । 

गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरे पश्चात् आविष्कार केन्द्रले गत मंगलबारदेखि कारखानाको सरसफाइ र मर्मत सम्भार गर्न थालेको छ । वि.सं. २०२४ साल फागुन २८ गते रुसको सहायतामा स्थापना भएको उद्योग सञ्चालनको जिम्मेवारी पाउनुभएका आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरूको उत्पादन गर्ने, नयाँ औजार उपकरणहरूको आविष्कार गर्ने पनि बताए । 

उनले सरकारले आविष्कार केन्द्रलाई पुरै स्वामित्व नदिएको तर सञ्चालन गर्ने अधिकार प्रदान गरेको बताए । उनले कारखानाको अवलोकन गर्दा कारखाना सञ्चालनका लागि सिभिल वर्कहरुको रिपेयर डाटा सङ्कलन गरेको बताए । उनले बिजुलीका वाइरिङ, कारखानास्थित मेसिनको अवस्थाका बारेमा जाँच भइरहेको बताए । उनले सकेसम्म औजारहरू छिटो उत्पादन गर्ने सोच रहेको बताउनु बताए । उनले रिनोभेसनको कम्तीमा १० महिनाको समय लाग्ने भन्दै दोस्रो वर्षमा किसानलाई चाहिने नयाँ नयाँ कृषि औजारको उत्पादनमा जोड दिने बताए ।



अध्यक्ष पुनले कारखानालाई आधुनिकीकरण गरेर अघि बढ्नसके मात्रै कारखाना नाफामा जाने बताए । पुरानै अवस्थामा कारखानामा सबै कृषि औजार उत्पादन गर्न नसके पनि एक वर्षभित्र १०/१५ किसिमका कृषि औजारहरू उत्पादन गर्ने लक्ष्य आविष्कार केन्द्रले राखेको बताए । उनले आविष्कार केन्द्रले २/३ वर्ष भित्रमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको बताए ।

आविष्कार केन्द्र र सरकारबीच १० वर्षसम्म सञ्चालन गर्ने सहमति भएको यो कारखानाको सबै खर्च र स्वामित्व सरकारमा निहीत रहने बताइएको छ । स्वदेशमै आविष्कार केन्द्र नहुँदा वर्षेनी अर्बौँको कृषि औजार बाहिरी मुलुकबाट आयात भइरहेका छन् । 





  • प्रकाशित मिति : कात्तिक १८, २०७९ शुक्रबार ११:४६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया