मधेसविरोधी एमालेसँग गठबन्धन गरेकाे भन्दै जसपाका रौतहट अध्यक्ष पटेलले दिए राजीनामा

जनता समाजवादी पार्टी (जसपा)का रौतहट अध्यक्ष धर्मेन्द्र पटेलले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। 

जसपाले मधेसविरोधी पार्टी एमालेसँग गठबन्धन गरेका कारण राजीनामा दिएको पटेलले बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामाको घोषणा गरेका हुन् ।

मधेसविरोधी रहेको एमालेसँग जसपाको अध्यक्ष उपेन्द्र यादवले व्यक्तिगत स्वार्थका लागि गठबन्धन गरेको समेत उनले आरोप लगाएका छ्न्। निर्वाचनको मुखमा आएर राजीनामा दिएपछि रौतहटमा जसपालाई ठूलो झट्का लागेको छ। 

जसपा अध्यक्ष उपेन्द्रले विचार, सिद्धान्त, नीतिभन्दा पनि सत्ता र शक्तिलाई बढी महत्व दिएकै कारण जसपाका नेताहरू रुष्ट रहेको उनले बताए । 

पटेलले आफू देश र मधेसको निम्ति राजनीतिमा रहिरहने बताएका छन् । उनी यसअघि जसपाबाट देवाही गोनाही नगरपालिका मेयर बनेका थिए । 





  • प्रकाशित मिति : कात्तिक २२, २०७९ मंगलबार १७:१२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया