सिराहामा मतपेटिका खोस्ने प्रयास भएपछि प्रहरीले गर्‍यो हवाइ फायर
फाइल तस्बिर

सिराहामा प्रहरीले हवाइ फायर गरेको छ । जसपा नेपाल र नेकपा एसका कार्यकर्ताहरूबीच मतपेटिका खोस्ने प्रयास भएपछि प्रहरीले हवाइ फायर गरेको हो ।

जिल्लाको कर्जन्हा नगरपालिकाका–६ स्थित जनता मावि बडहरामालको मतदानस्थलमा जसपा र नेकपा एसका कार्यकर्ताबीच मतपेटिका खोस्ने प्रयास भएपछि प्रहरीले ३ राउन्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । 

स्थितिलाई नियन्त्रणमा लिन गोली चलाइएको डिएसपी बुढाथोकीले बताए । 





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार ११:५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया