निर्वाचन आयोगले प्रधानमन्त्रीलाई बुझायाे मतपरिणामसहितको प्रतिवेदन, देउवाले दिए धन्यवाद

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। 

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर साे प्रतिवेदन बुझाएका हुन्। 

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेका थिए।

यसअघि आजै निर्वाचन आयोगले मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई 
पनि बुझाएकाे थियाे।





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार १६:५२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया