विप्लव नेतृत्वको नेकपाले तीनबुँदे सहमति कार्यान्वयनका लागि दबाब दिन आन्दोलन गर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अघिल्लाे सरकारसँग भएकाे तीनबुँदे सहमति कार्यान्वयनका लागि दबाब दिन आन्दोलनकाे घाेषाणा गरेकाे छ । 

नेकपाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणवद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो । 

पुस १ गतेदेखि ५ गतेसम्म चरणबद्ध आन्दोलनकाे घाेषणा गरेकाे उक्त पार्टीले पहिलो दिन पुस १ गते देशव्यापी गाउँदेखि सहरसम्म विरोध प्रदर्शनकाे आयाेजना गरेकाे छ । 

पुस २ गते कोणसभा, ३ गते जिल्ला सदरमुकाम र मुख्य सहरमा अन्तरक्रिया, ४ गते देशैभर मसाल जुलुस गर्ने सो पार्टीले जनाएको छ । 

नेकपाद्वारा जारी विज्ञप्तिमा आन्दोलनको अन्तिम दिन पुस ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गरिने समेत जनाइएको छ । 





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार १७:१३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया