प्रतिनिधिसभाको पहिलो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन् । बैठकलाई सम्बोधन गर्दै उनले संसद्लाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको अबको कार्यकाल सुशासन र समृद्धिका लागि हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसदको पुँजी भएको पनि बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले नयाँ दलले संसदमा प्रतिनिधित्व गर्नु लोकतन्त्र र नागरिक सम्प्रभुताको जित भएको उनको भनाई छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।