logo-img

डडेल्धुरामा पुरिएको अवस्थामा बालकको शव भेटियो, आमा पक्राउ
सांकेतिक तस्विर

डडेल्धुराको आलिताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको शव फेला परेको छ । प्रहरीले शकांस्पद स्थल उत्खनन गरेर बालकको शव निकालेको हो ।

बालक १२ पुसदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारलेसमेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन् । पुस २७ गते स्थानीयले प्रहरीलाई बालक सम्पर्कमा नरहेको बताएका थिए । स्थानीयले बालक १८ दिनदेखि बेपत्ता भएको खबर गरेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले केही स्थानीय सँग सोधपुछ गर्दा उनको हत्या भएको हुन सक्ने अनुमान गरेको थियो । प्रहरीले सोही अनुसार अनुसन्धान गरेर शंकास्पद स्थलको उत्खनन गर्दा बालकको शव फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक निरीक्षक गङ्गादत्त बडूले जानकारी दिए । 



बालकका बुबा रोजगारीका लागि घर बाहिर छन् । घटनाबारे प्रहरीले बालककी आमा पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार १४:२७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया