चितवन-२ मा आफूलाई विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग पुगे उमेश श्रेष्ठ
फाइल तस्बिर

चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् । 

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ४९ हजार २६४ मतसहित विजयी भएका थिए । 

निकटतम् प्रतिद्वन्द्वी रहेका श्रेष्ठले १४ हजार ९८३ मत पाएका थिए । १३ माघमा सर्वोच्च अदालतले लामिछानेसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो ।   

रविको नागरिकतालाई लिएर उजुरी परे पनि निर्वाचन आयोगले समयमै निर्णय नगर्दा आफू अन्यायमा परेको श्रेष्ठको भनाइ छ । 





  • प्रकाशित मिति : माघ २२, २०७९ आइतबार १३:३०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया