लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।
उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार राजेन्द्रवीर रायलाई भारी मत अन्तरले पराजित गरेका हुन् ।
निर्वाचन समितिका अनुसार ४ हजार २६ मतभारसहित एमालेका दरौदी राष्ट्रिय सभा उपनिर्वाचनमा निर्वाचित भएका हुन् भने उनका प्रतिस्पर्धी कांग्रेसका आचार्य ३ हजार ७२० र उन्मुक्तिका राय १९२ मतभारमा सीमित हुन पुगे ।
एमाले उम्मेदवारी दसौंदीलाई सत्तासाझेदर एमालेसहित र नेकपा माओवादी केन्द्र, राप्रपालगायत राजनीतिक दलको समर्थन थियो ।
नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सिटमा बुधबार नै उपनिर्वाचन भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।