मधेस प्रदेश : सातवटा विषयगत समिति गठन, आज पनि बैठक बस्दै

मधेस प्रदेश सभाले विभिन्न सातवटा विषयगत समिति गठन गरेको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा विभिन्न सातवटा विषयगत समिति गठन भएको हो ।

बैठकमा सभामुख रामचन्द्र मण्डलले दलीय सहमतिमा विभिन्न विषयगत समिति गठन गरेका हुन् । प्रदेशसभामा प्रतिनिधित्व गरेका सातवटै संसदीय दलहरूले एक/एक विषयगत समिति पाएका छन् ।   

प्रदेशसभा बैठकमा पेस हुने विषयको प्राथमिकता, समयावधिको निर्धारणणलगायत बैठकलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्ने सम्बन्धमा र सभामुखले आवश्यक ठहर्‍याएका अन्य विषयमा परामर्श गर्न गठन गरिने कार्यव्यवस्था तथा परामर्श समितिमा लखनदास तत्मा, हरिनारायण महतो, कुमारकान्त झा, जिवछीकुमारी यादव, रामअशिष यादव, चन्दनकुमार सिंह, रानीकुमारी तिवारी, रत्नेश्वर गोइत यादव, कञ्चन विछा, विमला अन्सारी तरन्नुम, उर्मिलादेवी सिंह रहनुभएको र नेकपा (माओवादी केन्द्र) बाट नाम आउन बाँकी छ ।

त्यस्तै, प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम विभिन्न विषयगत समितिसमेत गठन गरिएको छ । जसअनुसार सार्वजनिक लेखा समितिमा अभिराम शर्मा, उपेन्द्र महतो, कनिश पटेल, भन्दनकुमार सिंह, जनार्दनसिंह क्षेत्री, मञ्जुकुमारी थापामगर, मनिसकुमार सुमन, युवराज भट्टराई, रामअशिष यादव, रेखा ठाकुर, लखन दास तत्मा, शङ्करप्रसाद चौधरी, शेषनारायण यादव र हरिनारायण महतो रहेका छन् ।

अर्थ तथा योजना समितिमा जङ्गीलाल राय, जैनव खातुन, दीपेन्द्रकुमार ठाकुर, प्रमोदकुमार यादव, फुलोकुमारी देवी, मालाकुमारी कर्ण, राजकुमार गुप्ता, रामबाबु यादव, श्यामप्रसाद पटेल, सञ्जयकुमार महतो, सकिल मियाँ र सतिशकुमार सिंह रहेका छन् ।

त्यसैगरी कृषि तथा भूमि व्यवस्थापन समितिमा सरिताकुमारी साह, कौशलकिशोर राय, निलमकुमारी रजक, पलटीदेवी महरा, पल्टीदेवी यादव, बच्चा राउत अहिर, मोहम्मद रजी हैदर, मोहम्मद समिम, रमेशप्रसाद कुर्मी, लक्ष्मी देवी, शहिदा खातुन, सारदादेवी थापा र उर्मिलादेवी सिंह रहेका छन् ।



प्रदेश मामिला समितिमा कृष्णप्रसाद यादव, जिवछीकुमारी यादव, त्रिलोकी प्रसाद, भरतप्रसाद साह, रमिता प्रधान, राजपतिदेवी जयसवाल, लालबाबु राउत, वीरेन्द्रप्रसाद सिंह, बेची लुङ्गेली, सरोजकुमार सिंह र हसिना खातुन, प्राकृतिक स्रोत तथा वातावरण समितिमा इन्दुकुमारी साह, गोविन्दबहादुर न्यौपाने, जितेन्द्रप्रसाद सोनार, त्रिभुवन साह, देवनारायण थारु, नागेन्द्र साह, नरुन नेसा, मनोजकुमार सिंह, विन्दुकुमारी यादव, सारदा दास पहाडी र ममतादेवी मण्डल रहेका छन् ।

त्यस्तै, महिला बालबालिका तथा सामाजिक न्याय समितिमा अञ्जना पण्डित, अनिरुद्रकुमार सिंह, किरण कुमारी, किशोरी देवी, कुमरकान्त झा, जयचन्द्रप्रसाद पटेल, फकिरा महतो, भाग्यश्रीकुमारी चौधरी, मञ्जुकुमारी मण्डल, रानीकुमारी तिवारी, रुपाकुमारी यादव, ललिता दास, विनादेवी शर्मा र सकुन्ती देवी रहेका छन् ।



विकास समितिमा शारदाशङ्करप्रसाद कलवार, कञ्चन विछा, जयनुल रायन, जवाहरलाल कुशवाह, प्रमोदकुमार जयशवाल, शोभा देवी, मोहम्मद समिर, मीनाकुमारी लामा, रत्नेश्वर गोइत यादव, रवीन्द्रदास श्रेष्ठ, राजेन्द्रप्रसाद चौधरी थारू, रामसरोज यादव, शम्भुकुमार साह, सुनिलकुमार यादव र विमला अन्सारी तरन्नुममा जिम्मेवारी पाएका छन् । 

यसअघि विशेष समयमा प्रदेशसभा सदस्यले भ्रष्टाचार निवारण, स्वास्थ, शिक्षा, रोजगार, पूर्वाधार निर्माणलगायत जनजीविकासँग जोडिएका विषयमा आआफ्नो धारणा राखेका थिए ।  

प्रदेशसभाको अर्को बैठक आज बिहान ११ बजे बस्दैछ । 

  • प्रकाशित मिति : फागुन ४, २०७९ बिहीबार ७:३१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया