ला लिगामा बार्सिलोनाको सानदार जित, लेवान्डोस्कीको दुई गोल

बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत एल्चेलविरुद्ध ४–० को जित हात पारेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।

त्यस्तै, अन्सु फाती र फेरान टोरेसले एक/एक गोल थपे । खेलमा २०औँ मिनेटमा लेवान्डवस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए ।

५६औँ मिनेटमा फातीको गोलबाट बार्सिलोनाले दोब्बरको अग्रता पायो । ६६औँ मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० ले अगाडि बढाए ।

७०औँ मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई ४–० को सानदार जित दिलाए । यो जितपछि शीर्ष स्थानको बार्सिलोनाले २७ खेलबाट ७१ अंक जोडेको छ ।

अब बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडविरुद्ध १५ अंकको अग्रता बनाएको छ । एक खेल कम खेलेको रियलको ५६ अंक छ ।

पराजित इल्चे १३ अंकका साथ तालिकाको पुछारमा रहेको छ । 
 





  • प्रकाशित मिति : चैत १९, २०७९ आइतबार ७:५१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया