इन्टर मिलान १३ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा

इटालियन क्लब इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरी खेले पनि समग्रमा ५–३ को जितका साथ मिलान सेमिफाइनलमा प्रवेश गरेको हो ।

ऊ १३ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो । मिलानले पहिलो लेगमा बेन्फिकालाई २–० ले हराएको थियो ।

गएराति सम्पन्न खेलमा मिलानको जितमा निकोला बरेल्ला, लोउटारो मार्टिनेज र जोआक्विन कोरेआले गोल गरे । बेन्फिकाका फ्रेडरिक अर्सनेस, एन्टोनियो सिल्भा र पिटर मुसाले बराबरी गोल फर्काए ।

इन्टरले अब सेमिफाइनलमा एसी मिलानको सामना गर्नेछ । मिलानले नेपोलीलाई २–१ ले हराउँदै सेमिफाइनलको टिकट काटेको थियो । इन्टर र एसीबीचको सेमिफाइनल ९ र १६ मेमा हुनेछ । 





  • प्रकाशित मिति : वैशाख ७, २०८० बिहीबार ७:२२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया