राहुल गान्धीले खाली गरे दिल्लीस्थित सरकारी निवास

भारतीय कांग्रेसका नेता राहुल गान्धीले दिल्लीस्थित सरकारी निवास खाली गरेका छन्। लोकसभा सदस्यता खारेज भएसँगै उनले आफू बस्दै आएको सरकारी निवास खाली गरेका हुन्।

गत महिना, गुजरातको एक अदालतले राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गरेपछि उनको लोकसभाको सदस्यता रद्द गरिएको थियो।

गत महिना, सुरतको एक अदालतले उनलाई चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको थियो।

कांग्रेसका वरिष्ठ नेता शशि थरुरले भने, ‘राहुल गान्धीले लोकसभा सचिवालयको आदेशमा आज आफ्नो सरकारी निवास खाली गर्नुभयो।’

लोकसभा सचिवालयका उपसचिव मोहित राजनले मार्च २७ मा जारी गरेको एउटा पत्रमा राहुल गान्धीलाई सांसदको रूपमा दिइएको सरकारी आवास खाली गर्न एक महिनाको सूचना दिइएको थियो।





  • प्रकाशित मिति : वैशाख ९, २०८० शनिबार १८:३९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया