अकुत सम्पत्ति जम्मा गरेको भन्दै सांसद अमरेशविरुद्ध अख्तियारमा उजुरी

सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अकुत सम्पत्ति जम्मा गरेको विषयमा अनुसन्धान गरी आवश्यक कारबाहीको माग उनीविरुद्ध उजुरी परेको हो । 

सर्लाहीका विकास कुमार ठाकुरले अमरेशविरुद्ध अख्तियारमा उजुरी दिँदै राजनीतिबाहेक अन्य पेसा व्यवसायमा समेत संलग्न नहुँदासमेत अकुत सम्पत्ति जम्मा गरेको भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसबाट राजनीति गर्दै आएका सिंह गत मंसिर ४ को निर्वाचनमा भने स्वतन्त्रबाट सर्लाही ४ बाट विजयी भएका थिए । कांग्रेस पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्रबाट चुनाव लडेर जितेका थिए।  

 





  • प्रकाशित मिति : वैशाख २५, २०८० साेमबार १४:१६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया