सरकारले उखुलाई उधारो बाली बनायो : अमरेशकुमार सिंह

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले उखु किसानलाई उपेक्षित गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारले उखु किसानलाई कुनै सुविधा नदिएर यसलाई उधारो बाली बनाएको बताए । 

‘उखु नगदे बाली हो । सरकारले उधारो बाली बनाएको छ । किसानलाई न मल दिन्छ, न बिउ दिन्छ । कृषकले उखु उत्पादन दिन्छ । सरकारले उधारोमा अड्काइदिन्छ,’ सिंहले भने । 

उखुको पैसा नपाउँदा कृषकलाई धान बालीका लागि बिउ किन्न समस्या भइरहेको पनि उनले बताए ।





  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार ११:५२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया