logo-img

एमालेले तोक्यो प्रदेश इन्चार्ज, कहाँ कसलाई जिम्मेवारी ?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश इन्चार्ज तोकेको छ ।  

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशको इन्चार्जमा लेखराज भट्ट, लुम्बिनी प्रदेशको इन्चार्जमा पद्मा अर्याल, गण्डकी प्रदेशको इन्चार्जमा गोकर्ण विष्ट, मधेस प्रदेश इन्चार्जकमा योगेशकुमार भट्टराई र कोशी प्रदेशको इन्जार्चमा रघुवीर महासेठलाई तोकेको हो ।

बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी भने केन्द्रीय कार्यालयले नै सम्हाले बताइएको छ । 



त्यस्तै, बैठकले पार्टीको केन्द्रीय संगठन विभागको प्रमुखको रूपमा काशीनाथ अधिकारीलाई जिम्मेवारी दिएको छ । प्रचार तथा प्रकाशन विभागको संयोजकको रूपमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिइएको पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।  

त्यस्तै, बैठकले १७ जेठमा राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ ।

बैठकले नागरिकता विधेयक मन्त्रिपरिषदबाट लगेर पास गर्नु नेपालको संविधान, प्रचलित कानुन एवं स्थापित संसदीय मान्यताको विपरीत भएको ठहर गरेको छ । 






  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार १९:५१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया