सिटी पहिलोपटक च्याम्पियन्स लिगको च्याम्पियन

युइएफए च्याम्पियन्स लिगको उपाधि इंग्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई १–० ले हराउँदै सिटीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।  

टर्कीको इस्तानबुलस्थित एटाटर्क ओलम्पिया स्टेडियममा भएको फाइनलमा सिटीको जितमा रोड्रीले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ६८औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै सिटीले म्यानचेस्टर युनाइटेडेले २४ वर्षअघि बनाएको ‘ट्रेबल’ जित्ने इतिहास बराबरी गरेको छ ।

सिटीले प्रिमियर लिगपछि म्यानचेस्टर युनाइटेडलाई हराउँदै एफए कपको उपाधि जितको थियो ।



च्याम्पियन्स लिग जितेसँगै सिटीले एकै सिजनमा तीन उपाधि जित्ने उपलब्धि हासिल गर्‍यो । यसअघि युनाइटेडले १९९९ मा यो उपलब्धि हासिल गरेको थियो ।  

यसअघि सिटी एकपटक च्याम्पियन लिगको फाइनलमा पुगेको थियो । २०२१ को सिजनमा फाइनलमा पुगेको सिटीले चेल्सीसँग हार बेहोर्दै उपाधि जित्न सकेन ।  



  • प्रकाशित मिति : जेठ २८, २०८० आइतबार ६:४४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया